निर्माणाधीन मध्यपहाडी लोकमार्ग कास्की खण्डको  अनुगमन

पाेखरा | बैशाख १२, २०८०

निर्माणाधीन मध्यपहाडी लोकमार्ग कास्की खण्डको  अनुगमन

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन गरेको छ।


समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरेको हो ।


अनुगमनका क्रममा  प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै  समयमै  गुणस्तरीय निर्माण कार्य गर्न  निर्माण कम्पनी र संबद्ध   आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो ।


सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर  ,मापदण्ड  सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो।


अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय  राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर  भण्डारी तथा  प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्